लक्ष्मीः (स्त्रीलिङ्ग)
अर्थ−
१. शोभा,
२. पाते झुरो,
३. स्थलकमल,
४. वृद्धि नामको बुटी,
५. हलेदो,
६. शमी रूख,
७. तुलसी,
८. फले रूख,
९. मोती,
१०. कमल,
११. मेषशृङ्गी,
१२. मोक्षको प्राप्ति,
१३. आर्या छन्दको एक भेद, जसको प्रत्येक चरणमा २७ गुरु ३ लघु वर्ण हुन्छन्,
१४. वीरकी पत्नी,
१५. सीता,
१६. दुर्गा,
१७. एक वर्णवृत्त जसको प्रत्येक चरणमा क्रमैले दुई रगण, एक गुरु र एक लघु अक्षर हुन्छन्,
१८. घरकी मालिक्नी,
१९. सौभाग्य,
२०. सफलता,
२१. सुन्दरता,
२२. धनसम्पत्ति,
२३. समुद्रमन्थन गर्दा प्रकट भएकी, सेतो वस्त्र पहिरेकी धनकी अधिष्ठात्री देवी, यिनका विष्णुप्रिया र राज्यलक्ष्मी गरी दुई भेद छन् । ‘विष्णुप्रिया’- विष्णु भगवान्की पत्नी वा शक्तिको रूपमा विष्णुको साथमा रहने । ‘राज्यलक्ष्मी’- राजाहरूको ऐश्वर्यको रूपमा रहने । तन्त्रशास्त्रमा लक्ष्मीका ध्यानअनुसार अनेक रूप छन्, जसका केही नामहरू- त्रिशक्ति/लक्ष्मी, सौभाग्यलक्ष्मी, महालक्ष्मी, साम्राज्यलक्ष्मी, कमलालक्ष्मी, राज्यलक्ष्मी, सिद्धिलक्ष्मी आदि ।