वचनम् (नपुंसकलिङ्ग)
अर्थ−
१. सुठो, शुण्ठी,
२. शब्दको अर्थ,
३. किरिया हाल्दै बयान गर्ने क्रिया,
४. बोल्ने क्रिया,
५. नियम/बारम्बार भन्ने क्रिया,
६. सल्लाह,
७. व्याकरणमा एक, दुई र धेरै भन्ने अर्थ प्रकट गर्ने शब्दको रूप, जस्तै - रामः (एकवचन) रामौ (दुई वचन) रामाः (बहुवचन),
८. मानिस वा प्राणी मात्रको मुखबाट निस्कने मनको भाव प्रकट गर्ने आवाज/बोली । वचनका विकार चार छन् - कठोरवचन, असत्यवचन, पैशुन्य (चुक्ली) र असम्बद्ध-भाषण ।
“पारुष्यमनृतं चैव पैशुन्यं चापि सर्वशः ।। असम्बद्धप्रलापश्च वाङ्मयं स्याच्चतुर्विधम् ।।” (स्कन्दपुराण) ।