वनमाला (स्त्रीलिङ्ग)
अर्थ−
१. जङ्गली फूलको माला,
२, अठार अक्षरको एक छन्द,
३. सबै ऋतुहरूमा फुल्ने अनेक थरी फूल गाँसेर मुकुटदेखि पाउसम्म लामो हुने गरी बनाइएको एक विशेष प्रकारको माला,
४. तुलसी, कुन्द, पुष्प, आँक, पारिजात, र कमल यी पाँच थरी फूल उनेर बनाएको माला ।
“आरभ्य मुकुटं यावत्सूत्रैर्विरचिता शुभा ।। आपादलम्बिनी माला वनमाला प्रकीर्तिता ।।”
“तुलसीकुन्दमन्दारपारिजाताम्बुजैश्चिता ।। पञ्चभिर्ग्रथिता माला वनमाला प्रकीर्तिता ।।” (निर्णयसिन्धुको टिप्पणी)