वर्गः (पुंलिङ्ग)
अर्थ−
१. एकै किसिमका अनेक वस्तुहरूको समूह/श्रेणी,
२. सामान्य धर्म वा स्वरूप राख्ने पदार्थको समूह,
३. परिच्छेद / ग्रन्थको खण्ड,
४. गणितमा दुई समान अङ्कको गुणनफल (जस्तै - ४ को वर्ग ४ x ४ = १६ । ९ को वर्ग ९ x ९ = ८१),
५. लम्बाइ चौडाइ र चारै कुना एकैनासको हुने चार पाटे वस्तु,
६. बोल्दा भित्रबाट आएको सासको प्रवाह विभिन्न उच्चारण अवयवमा ठक्कर खाई निस्कने वर्णहरूको समूह, संस्कृत तथा नेपालीमा कदेखि मसम्मका वर्णहरू स्पर्श मानिन्छन् - ‘कादयो मावसानां स्पर्शाः’,
७. न्यायशास्त्रमा नौ वा सात पदार्थको विभाग,
८. आकार प्रकारमा कुनै भिन्न वस्तु जसले एक सामान्य धर्म, रूप आदिलाई छुट्याउँछ जस्तै - मनुष्यवर्ग, वनस्पति वर्ग आदि,
९. विशेष गरेर ऋग्वेदको अध्यायको उप अध्याय,
१०. दल / टोली,
११. जाति,
१२. समाज,
१३. शक्ति / बल ।