संस्कृत-शब्दकोशः

वर्तकी वर्तनि

वर्तन

वर्तनम् (नपुंसकलिङ्ग)


निष्पत्ति− वृतु (वर्तने) - कर० "ल्युट्" (३-३-११७)
व्युत्पत्ति− वर्तन्ते जीवन्त्यनेन
प्रयोग− "देवतापितृमर्त्यानामतिथीनां च वर्तनम् । यस्यावशिष्टेनान्नेन पुंसस्यस्य गृहं त्यज ॥"
उल्लेख− मार्क०

अर्थ−
१. व्यवहार,
२. व्यापार वा व्यवसाय,
३. जीवधारी,
४. बाँचेर रहने ढङ्ग, बाँच्ने उपाय,
५. बस्नु वा वास बस्नु,
६. आजीविका, जिउनी,
७. पेसा/धन्दा,
८. ज्याला/मजुरी,
९. भकुन्डो,
१० सिलौटोमा कुनै चिज पिस्नु,
११. चर्खाको त्यो काठ जसमा कतुवा रहन्छ,
१२. कसौँडी,
१३. भाँडो,
१४. घाउ खटिराको गहिराइ पता लगाउन घाउ खटिरामा सियो हालेर हल्लाउनु ।


वर्तन (विशेषण)


अर्थ−
१. बाँचेको,
२. अचल,
३. रहिरहने ।


वर्तनः (पुंलिङ्ग)


अर्थ−
१. बाउन्ने मानिस,
२. विष्णु,
३. कौवा ।



Correction: