संस्कृत-शब्दकोशः

वायसोलिका वायुकेतु

वायु

वायुः (पुंलिङ्ग)


निष्पत्ति− वा (गतिगन्धनयोः) - "उण्" (उ० १-१) । "युक्" (७-३-३३)
व्युत्पत्ति− वाति
विस्तार− आवहः, प्रवहः, विवहः, परावहः, संवहः, उद्वहः, परिवहः

अर्थ−
१. हावा/बतास,
२. पञ्चतत्त्वमध्येको एक तत्त्व, जसद्वारा प्राणीले सास फेरेर बाँच्न सक्छ । प्राणी मात्रको शरीरमा मुख्य दश वायु छन्, जसमध्ये पाँच मुख्य र पाँच गौण मानिन्छन् । पाँच मुख्य वायु र ती वायु रहने ठाउँ - हृदयमा प्राण, गुदद्वारमा अपान, नाइटोमा समान, कण्ठमा उदान, सम्पूर्ण शरीरमा व्यान । पाँच गौण वायु रहने ठाउँ - डकार आउँदा नाग, आँखा चिम्लँदा र हेर्दा कूर्म, छयूँ गर्दा कृकल, हाई गर्दा देवदत्त र मरेपछि पनि शरीरमा रहिरहने- ‘धनञ्जय’ । भनाइ छ-

“हृदि प्राणो वहेन्नित्यमपानो गुदमण्डले । समानो नाभिदेशे तु उदानः कण्ठमध्यगः ॥
व्यानो व्याप्तः शरीरे तु प्रधानाः पञ्चवायवः । प्राणाद्याः पञ्च विख्याता नागाद्याः पञ्चवायवः ॥
तेषामपि च पञ्चानां स्थानान्यपि वदाम्यहम् । उद्गारे नाग आख्यातः कूर्म उन्मीलने स्मृतः ॥
कृकलः क्षुत्कृते ज्ञेयो देवदत्तो विजृम्भणे । न जहाति मृतं वापि सर्वव्यापी धनञ्जयः ॥”

छयानब्बे अङ्गुल बराबरको यो शरीर कर्मरूप मानिन्छ । सामान्य सास फेर्दा शरीरबाट बाहिर निस्केको वायु - बाह्र अङ्गुलको, गीत गाउँदा सोह्र अङ्गुलको, भोजन गर्दा - बीस अङ्गुलको, बाटो हिंड्दा - चौबीस अङ्गुलको, निदाउँदा - तीस अङ्गुलको, मैथुन गर्दा छत्तीस अङ्गुलको र कुनै बलको काम गर्दा अझ धेरै लामो हुने गर्छ,
३. पृथ्वी र अन्तरिक्षमा चल्ने वायु सात छन् - प्रवह, आवह, उद्वह, संवह, विवह, परिवह र परावह,
४. पुराणअनुसार वायु ४९ छन्,
५. अष्ट दिक्पालमध्ये वायव्यकोणको अधिष्ठाता देवता, आकाशको तेस्रो तहमा रहने वायु - आवहः (पुं.), अन्तरिक्षमा चल्ने वायु - मातरिश्वा,
६. वायुका अधिष्ठाता देवता वा ४९ वायु वा मरुत् । भनाइ छ-

“षण्णवत्यङ्गलीमानं शरीरं कर्मरूपकम् । देहाद् बहिर्गतो वायुः स्वभावो द्वादशाङ्गुलिः ॥
गायने षोडशाङ्गुल्या भोजने विंशतिस्तथा । चतुर्विंशाङ्गुलिः प्रस्थो निद्रायां त्रिंशदङ्गुलिः ॥
मैथुने षट्त्रिंशदुक्तं व्यायामे च ततोऽधिकम् ॥”

(घेरण्डसंहिता)



Correction: