विकल्पः (पुंलिङ्ग)
अर्थ−
१. सन्देह,
२. मनमा पहिले एक कुरा विचार गरेर फेरि त्यसको विपरीत अर्को कुराको विचार गर्नु,
३. विपरीत वा विरुद्ध कल्पना,
४. भ्रम भ्रान्ति,
५. कला,
६. इच्छा,
७. जाति,
८. भुलचुक,
९. विचित्रपन,
१०.विकल्पचित्तवृत्ति,
११. समाधिविशेष,
१२. एक काव्यालङ्कार,
१३. व्याकरणमा एक विषयका अनेक नियमहरूबाट कुनै एकलाई लिने क्रिया,
१४. त्यस्तो अवस्था, जसमा सामुन्ने आएका अनेक विषय वा कुराबाट आफ्नो लागि चुन्न अधिकार रहन्छ,
१५. अनेक थरी विधिलाई एकैमा मिलाउनु ।