विग्रहः (पुंलिङ्ग)
अर्थ−
१. टाढा वा अलग पार्नु,
२. विभाग,
३. झगडा,
४. लडाइँ,
५. शत्रुपक्षमा झगडा पारेर फूट पार्ने नीति,
६.आकृति / सक्कल,
७. शरीर / मूर्ति,
८. शृङ्गार / सजावट,
९. सांख्यअनुसार कुनै तत्त्व,
१० शिव,
११. स्कन्दका एक अनुचर,
१२. अर्काको हानि गर्ने उपायको खुल्लम खुल्ला प्रयोग,
१३. फैलाउ,
१४. अंश/भाग,
१५. व्याकरणमा वृत्तिको अर्थ बुझाउने वाक्य, जसका दुई भेद छन् - लौकिक विग्रह र अलौकिक विग्रह । लौकिक विग्रह सिद्ध रूपको अर्थ बुझाउन मात्र प्रयोग गरिन्छ - जस्तै, ‘राज्ञः पुरुषः’ यो लौकिक विग्रहले राजाको मानिस भन्ने अर्थ बुझाउँछ । अलौकिक विग्रह समास गरिने पदहरूको अर्थ र सामर्थ्य बुझाउन र रूपसिद्धि गर्नका निम्ति पनि प्रयोग गरिन्छ । जस्तै ‘राजन्+ङस्, पुरुष+सु’ यो अलौकिक विग्रह हो । यसमा रहेका षष्ठी र प्रथमा यी दुई विभक्तिले राजा र पुरुषको स्वस्वामिभाव सम्बन्ध रूप अर्थ र दुवै पदको सामर्थ्य बताउँछन् । ‘राजन् ङस्, पुरुष+सु’ यी दुई पदको समास गरेपछि ‘राजपुरुषः’ यो रूप पनि यही अलौकिक विग्रहद्वारा सिद्ध हुन्छ ।