विचित्र (विशेषण)
अर्थ−
१. छिरबिरे रङ्गको, अनेक रङ्ग वा रूप भएको,
२. अनौठो वा अचम्म लाग्ने,
३. राम्रो ।
विचित्रः (पुंलिङ्ग)
अर्थ−
१. पापीहरूका पापको कुरा लेख्ने यमराजको काइते वा लेखनदास ।
“ख्यातौ चित्रविचित्रौ च कायस्थौ यममन्दिरे ॥
चित्रोऽथ लिखति धर्मं सर्वं प्राणिसमुद्भवम् ॥
विचित्रः पातकं सर्वं परमं यत्नमास्थितः ॥
(स्कन्दपुराण, नारदखण्ड २२६/६१) २. रौप्यमनुका एक छोरा,
३. एक अर्थालङ्कार जसमा कुनै फलको सिद्धिका लागि कुनै उल्टो कोसिस गर्ने उल्लेख रहन्छ,
४. अशोक (रूख) ।
विचित्रम् (नपुंसकलिङ्ग)
अर्थ−
१. अचम्म,
२. छिरबिरे रङ्ग/अनेक रूप ।