विजयः (पुंलिङ्ग)
अर्थ−
१. लडाइँ, मुद्दा, झगडा, खेल, प्रतियोगिता आदिमा हुने जीत,
२. स्वर्गको रथ,
३. जैनीहरूको मतमा पाँच अनुचरहरूमा पहिलो सबैभन्दा माथिको स्वर्ग,
४. विष्णुको एक द्वारपाल,
५. जैनीहरूको एक जिन,
६. कल्कीको छोरा,
७. सञ्जयको एक छोरा,
८. बृहस्पतिको दशाको पहिलो वर्ष,
९. मध्याह्नको बेलामा हुने एक शुभमुहूर्त,
१०. दिनमानलाई पन्ध्र भाग लगाउँदा निस्कने एक मुहूर्त,
११. भोजन गर्नु, खाना खानु,
१२. सबैयानामको छन्दको मत्तगयन्दनामको भेद,
१३. विमान,
१४. विजयसाल रूख ।