विभावः (पुंलिङ्ग)
अर्थ−
साहित्यशास्त्रमा वर्णित रसोत्पत्तिको कारण । यो दुई किसिमको हुन्छ - आलम्बनविभाव र उद्दीपनविभाव । जसबाट रत्यादि स्थायिभाव उत्पन्न हुन्छ त्यसलाई आलम्बनविभाव भनिन्छ । जस्तै - ‘शृङ्गार’मा नायकनायिका, ‘करुण’मा मरेको आफन्त व्यक्ति, अनिष्टको प्राप्ति, नाश भएको अत्यन्त प्रिय वस्तु, ‘हास्यरस’मा हाँसो उठाउने व्यक्ति आदि । आलम्बनबाट उत्पन्न रत्यादिलाई बढाउने कारणलाई उद्दीपनविभाव भनिन्छ । रसअनुसार यिनीहरू फरक-फरक हुन्छन् ।