विसर्गः (पुंलिङ्ग)
अर्थ−
१. दान / दिनु,
२. छोड्नु,
३.चुहुनु,
४. प्रेरणा गर्नु,
५. हटाउनु,
६. दिशा पिसाब गर्नु,
७. छोडेर जानु,
८. मोक्ष,
९. प्रलय,
१०. मरण/मृत्यु,
११. चमक/ किरण,
१२. सूर्य दक्षिणायन हुनु,
१३. वर्षा, शरद् र हेमन्त यी तीन ऋतुहरू,
१४. व्याकरणअनुसार शब्द वा अक्षरको अगाडि रहने दुई थोप्ला, जसको उच्चारणमा आधा ‘ह’ को आवाज आउँछ,
१५. लिङ्ग/जननेन्द्रिय ।