संस्कृत-शब्दकोशः

वैदेश्य वैदेहक

वैदेह

वैदेहः (पुंलिङ्ग)


निष्पत्ति− विदेह - "अञ्" (वा० ४-१-१६६)
व्युत्पत्ति− विदेहानां राजा
प्रयोग− "वैदेहस्य वयं च ते च किमहो सम्बन्धिनो न प्रियाः"
उल्लेख− म० वी० २-८

अर्थ−
१. निमिराजाको सन्तान, निमिराजा वसिष्ठको सरापले निमिको शरीर मथेर ऋषिहरूले उत्पन्न गरेको निमिको छोरा । शरीर मथेर निकालिएकोले मिथि नाम र विदेह प्राण नभएको शरीरबाट उत्पन्न भएको हुँदा वैदेह र त्यस्तो शरीरबाट जन्मिएकोले जनक नाम पनि रहन गयो ।”ऋषयोऽपि महात्मानो निमेर्देहं समाहरन् ॥
अरणिं तत्र निक्षिप्य मथनं चक्रुरोजसा ॥
मन्त्रहोमैर्महात्मानः पुत्रहेतोर्निमेस्तदा ॥
.... मथनाद् मिथिरित्याहुर्जननाज्जनकोऽभवत् ॥
यस्माद्विदेहात्सम्भूतो वैदेहस्तु ततः स्मृतः ॥
एवं विदेहराजश्च जनकः पूर्वकोऽभवत् ॥
मिथिर्नाम महातेजास्तेनायं मैथिलोऽभवत् ॥”

(वाल्मीकिरामायण, उत्तरकाण्ड ५७ स. १७ - २०) २. बनियाँ जाति,
३. बाबु वैश्य र आमा ब्राह्मणीबाट जन्मेको एक वर्णसङ्कर जाति । ‘वैश्यान्मागधवैदेहौ राजविप्राङ्गनासु च ।’ (मनुः१०/११) ।



Correction: