वैराग्यम् (नपुंसकलिङ्ग)
अर्थ−
१. दुःख,
२. घिन,
३. असन्तोष,
४. आँखाले देखेर वा सुनेर भोग गर्न मन लाग्ने कुरादेखि चाख नहुने चित्तको वशीकार नामको संज्ञा (अर्थात् राग, द्वेष शून्य वा उपेक्षा गरिने बुद्धि) जसका दुई भेद छन् - १) अपर वैराग्य २) परवैराग्य ‘दृष्टानुश्रविकविषयवितृष्णस्य वशीकारसंज्ञा वैराग्यम्’ (पातञ्जलयोगसूत्र १/५१) ।