शङ्खिनी (स्त्रीलिङ्ग)
अर्थ−
१. बिहीँ जत्रो ऐरेलु,
२. काम शास्त्रअनुसार चार किसिमका स्त्रीहरूमध्ये एक, जसको हात गोडा लामो, पाखुरा पिंडौला नरम, तथा पिंडौलामा रौँ नहुनु, झगडियाइ, रिसाइ, दुष्ट स्वभावकी, खुब चलाख, धोखेबाज, पतिलाई दुःख दिने आदि लक्षण हुन्छ,
३. कुण्डलिनी योगअनुसार गुदद्वार-निरको नसो,
४. मुखको नसो,
५. देवीविशेष,
६. अप्सराविशेष,
७. सिपी,
८. बौद्धहरूकी एक देवी,
९. तीर्थस्थानविशेष,
१०. शङ्ख हातमा लिएकी स्त्री,
११. शङ्खपुष्पी ।