संस्कृत-शब्दकोशः

शस्यारु शाककलम्बक

शाक

शाकः (पुंलिङ्ग)


निष्पत्ति− शक्लृ (शक्तौ) - "घञ्" (३-३-१८)

अर्थ−
१. शक्ति / बल,
२. सागोनको रूख,
३. शिरीषको रूख,
४. शालिवाहन संवत्सर,
५. शाकद्वीप,
६. शाकद्वीपको शाक नामको रूख ।


शाकम् (नपुंसकलिङ्ग)


अर्थ−
बेथे, तोरी जस्ता पात, गोभी, परवर वा फर्सी, आलु जस्ता पकाएर खाने कुनै पनि तरकारी/जसका दश या छ भेदहरू छन् - दशभेदमध्ये - पात, जरा टुसा वा गाभा, टुप्पा, फल, डाँठ, बीउ, गुभो, गुदी आदि, बोक्रो, फूल र च्याउ । छ भेद - पात, फूल, फल, टुसा वा गाभा, गानु र च्याउ । भनाइ छ-

“पत्रमूलकरीराग्रफलकाण्डाधिरूढकम् ॥
त्वक्पुष्पं कवकं चैव शाकं दशविधं स्मृतम् ॥”

(अमरकोश , रामाश्रमीटीका) ।

“पत्रं पुष्पं फलं नालं कन्दं संस्वेदजं तथा ॥
शाकं षड्विधमुद्दिष्टं गुरु विद्याद्यथोत्तरम् ॥”


शाकः (विशेषण)


अर्थ−
शाकजातिसम्बन्धी ।



Correction: