संस्कृत-शब्दकोशः

शान् शान्तचेतस्

शान्त

शान्त (विशेषण)


अर्थ−
१. रोग, चिन्ता, दुःख आदि नभएको,
२. होहल्ला नभएको,
३. वेग/गति क्रिया आदि नभएको,
४. दुष्ट विचार छुटेको,
५. मरेको,
६. कुनै किसिमको उत्पात आन्दोलन वा उपद्रव आदि नभएको,
७. विघ्नबाधा नभएको,
८.चुप/नबोलेको,
९.निभेको,
१०, गंभीर ११. प्रभाव नभएको,
१२. घबराहट वा अतास नभएको,
१३. उत्साह नभएको,
१४. शुभ/मङ्गल गर्ने,
१५. थाकेको,
१६. घटेको,
१७. रिस, द्वेष आदि नभएको/ शान्त ।


शान्तः (पुंलिङ्ग)


अर्थ−
१. शान्तरस,
२. विरक्त मानिस,
३. मनुको एक छोरा,
४. अहः नामका वसुका चार छोराहरूमध्ये एक । भनाइ छ-

“शान्तोऽतिमुक्तरसयोः पुंसि त्रिषु शमन्विते ॥
अव्ययं धारणे शान्तम् ॥”

(मेदिनी) ।



Correction: