संस्कृत-शब्दकोशः

शान्तम् शान्ता

शान्तरस

शान्तरसः (पुंलिङ्ग)


अर्थ−
काव्यमा प्रयोग हुने नौरसमध्ये एक । यसको शम अथवा निर्वेद स्थायिभाव हुन्छ । यसको प्रकृति उत्तम किसिमको मानिन्छ । नारायण यसका देवता हुन् । संसारको अनित्यता, वस्तुको निस्सारता, परमात्माको स्वरूप आदि यसका आलम्बन विभाव हुन् । तीर्थस्थल, पवित्र आश्रमहरू, तपोवन, महापुरुषको सङ्गत आदि यसका उद्दीपन विभाव हुन् । रोमाञ्च आदि यसका अनुभाव हुन् । वैराग्य, हर्ष, प्राणीमाथि दया आदि यसका व्यभिचारिभाव मानिन्छन् । यसको वर्ण कुन्दको फूलजस्तै सेतो मानिएको छ । भनाइ छ-

“शान्तः शमस्थायिभाव उत्तमप्रकृतिर्मतः ॥
कुन्देन्दुसुन्दरच्छायः श्रीनारायणदैवतः ॥
अनित्यत्वादिनाऽशेषवस्तुनिःसारता तु या ॥
परमात्मस्वरूपं वा तस्यालम्बनमिष्यते ॥
पुण्याश्रमहरिक्षेत्रतीर्थरम्यवनादयः॥
महापुरुषसङ्गाद्यास्तस्योद्दीपनरूपिणः ॥
रोमाञ्चाद्याश्चानुभावास्तथा स्युर्व्यभिचारिणः ॥
निर्वेदहर्षस्मरणमतिभूतदयादयः ॥”



Correction: