संस्कृत-शब्दकोशः

शिखलोहित शिखाकन्द

शिखा

शिखा (स्त्रीलिङ्ग)


निष्पत्ति− शीङ् (स्वप्ने) - "खः" ह्रस्वश्च (उ० ५-२४)
व्युत्पत्ति− शेते
प्रयोग− "नन्दकुलकालभुजगीं कोपानलबहुललोलधूमलताम् । अद्यापि बध्यमानां वध्यः को नेच्छति शिखां मे ॥"
उल्लेख− मुद्रा० १-९

अर्थ−
१. द्विजातिको चूडाकर्ममा टाउकोमा राखिने टुप्पी,
२. सिउरो /चराको टाउकाको रौँको झुप्पा,
३. आगाको लपेट,
४. बत्तीको राँको,
५. प्रकाश / किरण,
६. कपडाको किनारा,
७. दूधको मुन्टो,
८. खुट्टाको पञ्जाको अगाडिको भाग,
९. रूखको जरो,
१०. रूखको हाँगो,
११. जटामसी,
१२. कलियारीको बोट,
१३. हतियारको धार,
१४. कपालको जुरो,
१५. सिङ,
१६. पहाडको चुचुरो,
१७. मयुरको कल्की,
१८. बोझो,
१९. तुलसी,
२०. मुख्य/प्रधान,
२१. कामज्वरो,
२२. एक वर्णवृत्त जसको विषम चरणमा २८ लघु मात्राहरू र अन्तमा एक गुरु हुन्छ तथा समपादमा ३० लघु मात्राहरू र अन्तमा एक गुरु हुन्छ,
२३, सहस्त्रजरी (झार),
२४. मकैको जुँघा,
२५. नयाँ पालुवा ।



Correction: