शीलम् (नपुंसकलिङ्ग)
अर्थ−
१.स्वभाव / आदत,
२. चालचलन,
३. सदाचार,
४. सौन्दर्य । मन, वाणी र क्रियाद्वारा कुनै मानिससँग पनि द्रोह हिंसा नगर्नु, यथाशक्ति दान गर्नु, आफूले गरिने जुन कुनै पुरुषार्थ र कर्म अरूको लागि हितकर नभए वा गर्न सङ्कोच लाग्ने भए नगर्नु, जुन काम गर्दा भरिभराउ सभामा मानिसको प्रशंसा हुन्छ, त्यसलाई त्यसै प्रकारले गर्नु यही शीलको संक्षिप्त स्वरूप हो ।
“अद्रोहः सर्वभूतेषु कर्मणा मनसा गिरा ॥
अनुग्रहश्च दानं च शीलमेतत्प्रशस्यते ॥
यदन्येषां हितं न स्यादात्मनः कर्मपौरुषम् ॥
अपत्रपेत वा येन न तत्कुर्यात् कथञ्चन ॥
तत्तु कर्म सदा कुर्यात् येन श्लाघ्येत संसदि ॥
शीलं समासेनैतत्ते कथितं कुरुसत्तम ॥”
(महाभारत, शान्तिपर्व) ।
शील (विशेषण)
अर्थ−
तत्पर/त्यसै कुरा गर्न लागेको जस्तै – दानशील- दान गर्न तयार । कार्यशील -काम गर्न लागेको आदि । उत्तरपद भएर प्रयोग हुने ।
शीलः (पुंलिङ्ग)
अर्थ−
ठुलो सर्प ।
हेरौँ- शील् धातु
हेरौँ- शील् धातु
हेरौँ- शील् धातु
हेरौँ- शील् धातु