संस्कृत-शब्दकोशः

शृङ्गाटी शृङ्गारक

शृङ्गार

शृङ्गारः (पुंलिङ्ग)


निष्पत्ति− ऋ (गतौ) - "अण्" (३-२-१) । ऋ (गतौ) - "अण्" (३-२-१)
व्युत्पत्ति− शृङ्गं कामोद्रेकम् ऋच्छति । शृङ्गं कामोद्रेकमियर्ति ।
प्रयोग− "शृङ्गं हि मन्मथोद्भेदस्तदा गमनहेतुकः । उत्तमप्रकृतिप्रायो रसः शृङ्गार इष्यते ॥"
उल्लेख− सा० द० ३-१८३

अर्थ−
१. चिह्न,
२. सजावट/सजाएर राम्रो पार्ने क्रिया,
३. मैथुन/ पतिपत्नीमा हुने प्रेम,
४, सिन्दूर लगाएर बनाएको हात्तीमा लेख्नु,
५. एकथरी भक्त, जसले इष्टदेवलाई पति र आफूलाई पत्नी मानेर उपासना गर्छ,
६. साहित्यका नौरसमध्ये सबैभन्दा प्रधान र प्रसिद्ध रस जसमा नायक नायिकाको मिलन वा भेट हुँदा हुने सुख तथा वियोग हुँदा हुन जाने दुःखको अभिव्यक्ति हुन्छ । भनाइ छ-

“शृङ्गं हि मन्मथोद्भेदस्तदागमनहेतुकः ॥
उत्तमप्रकृतिप्रायो रस शृङ्गार इष्यते ॥
परोढां वर्जयित्वात्र वेश्याञ्चाननुरागिणीम् ॥
आलम्बनं नायिकाः स्युर्दक्षिणाद्याश्च नायकाः ॥
चन्द्रचन्दनरोलम्बरुताद्युद्दीपनं मतम् ॥
भ्रूविक्षेपकटाक्षादिरनुभावः प्रकीर्तितः ॥
त्यक्त्वौग्र्यमरणालस्यजुगुप्सा व्यभिचारिणः ॥
स्थायिभावो रतिः श्यामवर्णोऽयं विष्णुदैवतः ॥”

यो दुई प्रकारको हुन्छ- संयोग शृङ्गार र विप्रलम्भ शृङ्गार । यसमा रति स्याथिभाव हुन्छ । नायक वा नायिका आलम्बन विभाव हुन्छन् । चन्द्रमा बगैँचा आदि उद्दीपन विभाव हुन्छन्, कटाक्ष मुस्कान आदि यसका अनुभाव हुन् । आलस्य उन्माद, हर्ष आदि व्यभिचारिभावको रूपमा आउँछन् । यी सबै जुटेपछि शृङ्गाररस अभिव्यक्त हुन्छ । कामचेष्टाको उद्रेक अर्थात् जगाउने काम शृङ्गाररसको यौगिक अर्थ हो । यो श्याम वर्णको मानिन्छ । यसका देवता विष्णु हुन् । परोढा तथा प्रेमशून्य वेश्या बाहेक अरु सबै नायिका र धीरोदत्तादिनायक आलम्बन विभाव मानिन्छन् । शृङ्गाररस पूर्वराग, मान, परदेश र करुण विप्रलम्भका भेदले चार किसिमको हुन्छ । ‘स च पूर्वराग-मान - प्रवास - करुणात्मकश्चतुर्धा स्यात्’ (साहित्यदर्पण) नीली, कुसुम्भ, मञ्जिष्ठाको भेदले पूर्वराग तीन किसिमको हुन्छ । यस पूर्वरागमा अभिलाषा, चिन्ता, स्मृति, गुणकथन, उद्वेग, सम्प्रलाप, उन्माद, व्याधि, जडता, स्मृति यी दश दशाहरू हुन्छन् । प्रणय र ईर्ष्या गरी मानका पनि दुई भेद छन् । भावी, भवन्, भूत यी तीन प्रवासका भेद हुन् । प्रवासमा अङ्गको नराम्रोपन, ताप, पाण्डुता कृशता, अरुचि, अधृति, अनालम्बन, उन्माद, मूर्च्छना र मृति, यी दश कामदशा हुन्छन् । करुण-विप्रलम्भशृङ्गार एकै किसिमको छ । विप्रलम्भ र वियोग शब्द समानार्थक शब्द हुन् । परस्पर अत्यन्त अनुरक्त कामिनी-कामुकको आपसी दर्शन, स्पर्शन आदि चेष्टाहरूद्वारा संभोग शृङ्गाररस बन्न जान्छ । विप्रलम्भपछि सम्भोग हुन्छ । यसकारण पूर्वराग आदि चारवटै विप्रलम्भपछि हुनाले यो पनि चार किसिमको हुन जान्छ । (विशेष ‘रसतरङ्गिणी’मा हेर्नुस्) ।


शृङ्गारम् (नपुंसकलिङ्ग)


अर्थ−
१. ल्वाङ,
२. सिन्दूर,
३. अदुवा,
४. कृष्णागरु,
५. शरीर वा लुगामा लगाइने अत्तर वा सुगन्धित चूर्ण,
६. शरीरलाई सिगार्ने क्रिया, जसका सोह्र भेद छन्- बुकुवा लगाउनु, दाँत माझ्नु, मिस्सी लाउनु, नुहाउनु, राम्रो लुगा पहिरिनु, कपाल कोर्नु, गाजल लगाउनु, सिन्दूर लगाउनु, टीका लगाउनु, मुखमा कोठी बनाउनु, नङमा पालिश वा रङ्ग लगाउनु, मुखमा अत्तर वा पाउडर लगाउनु, गहना पहिरिनु, ओठमा लिस्सी पोत्नु, पान खानु र फूल वा माला लगाउनु । प्रकारान्तरले शरीरमा सिगार्ने क्रिया - बुकुवा, स्नान, उत्तमवस्त्र, माहुर, केशरचना, सिउँदोमा सिन्दूर, चिउँडोमा कालो कोठी, निधारमा सिन्दूरको टीका, नङमा मेहदी, शरीरमा अरगजा, अत्तर, गहना, फूल लगाउनु, पान खानु आदि ।



Correction: