शेषः (पुंलिङ्ग)
अर्थ−
१. समाप्ति/आखिरी/अन्त,
२. शेष नाग,
३. लक्ष्मण, जसलाई शेषनागको अवतार मानिन्छ,
४. परिणाम/ फल/ नतिजा,
५. स्मारक वस्तु / सम्झनाको लागि बनाएको वस्तु,
६. मरण/मृत्यु,
७. बलराम,
८. परमेश्वर,
९. दिग्गज,
१०. एक प्रजापति,
११. हात्ती,
१२. अजयपाल,
१३. छप्पयछन्द जसमा ४६ गुरु,
६० लघु, गरी १०६ वर्ण वा १५२ मात्राहरू हुन्छन्, खाएर बाँकी रहेको जूठो,
१४. कुनै वस्तुको थिग्रो, मुक्ति/छुटकारा,
१५. बाँकी बचेको भाग ।
शेष (विशेषण)
अर्थ−
१. खर्च भएर बाँकी बचेको,
२. आखिरसम्म पुगेको ।
शेषम् (नपुंसकलिङ्ग)
अर्थ−
१. बाँकी बचेको भाग,
२. मुक्ति/छुटकारा,
३. कुनै वस्तुको थिग्रो,
४. ।