शोणः (पुंलिङ्ग)
अर्थ−
१. रातो रङ,
२. आगो,
३. माणिक,
४. मङ्गल ग्रह,
५. रातो उखु,
६. रातो पन/ लाली ७. रातो पुनर्नवा झार,
८. सानो जातको टटेलो,
९. मध्यप्रदेशको अमरकण्टक पहाडबाट निस्केर पटना नजिकै गङ्गामा मिसिने एक नद ।
शोण (विशेषण)
अर्थ−
१. रातो,
२. रातो रङ्गले रङ्गाइएको ।
शोणम् (नपुंसकलिङ्ग)
अर्थ−
१. सिन्दूर,
२. रगत ।