शोषः (पुंलिङ्ग)
अर्थ−
१. सुक्नु वा सुक्ने भाव,
२. सुख्खापन,
३. शरीर सुकेर जानु,
४. क्षय रोग । यसका छ भेद छन् - ‘व्यवायशोषः’ (ज्यादा मैथुनबाट हुने), ‘शोकशोषः’ (ज्यादा चिन्ता वा रिसबाट हुने), ‘बार्धक्यशोषः’ (असमयको बुढौतीबाट हुने), ‘व्यायामशोषः’ (ज्यादा मिहिनेतबाट हुने, ‘अघ्वशोषः’ (ज्यादा धेरै बाटो हिंडेर हुने) र ‘व्रणशोषः’ (फोडा वा घाउबाट हुने) ।