संस्कृत-शब्दकोशः

मन्तु मन्त्रकण्टकी

मन्त्र

मन्त्रः (पुंलिङ्ग)


निष्पत्ति− मत्रि (गुप्तभाषणे) - "घञ्" (३-३-१९) । भावे "घञ्" (३-३-१८) वा ।
व्युत्पत्ति− मन्त्र्यते
प्रयोग− "मन्त्रो योध इवाधीरः सर्वाङ्गैः संवृतैरपि । चिरं न सहते स्थातुं परेभ्यो भेदशङ्कया ॥"
उल्लेख− माघ० २-२९

अर्थ−
१. गुप्त राख्न योग्य कुरा वा गुप्त सल्लाह,
२. चटक / जादु,
३. स्तुति / प्रार्थना,
४. जुन कुराको चिन्ता गर्दा विश्वको विशेष ज्ञान र सांसारिक बन्धनबाट छुटकारा वा रक्षा हुन जान्छ, त्यस्तो सिद्धि दिने कुरालाई मन्त्र भनिन्छ । भनाइ छ-

“मननाद्विश्वविज्ञानं त्राणं संसारबन्धनात् ॥
यतः करोति संसिद्धि मन्त्र इत्युच्यते बुधैः ॥” 
(पुरश्चर्यार्णव) ।
५. वेदको वाक्य,
६. वेदको त्यो भाग जुन ब्राह्मण भागदेखि भिन्न छ,
७. त्यो शब्द वा वाक्य जसको प्रयोग कुनै कुराको सिद्धि वा देवता, पितृ, भूत, प्रेत आदिलाई प्रसन्न पार्न प्रयोग गरिन्छ,
८. त्यस्तो शब्द वा वाक्य जसको प्रयोगबाट भूत विष आदिको प्रभाव हट्न जान्छ ।


मन्त्रम् (नपुंसकलिङ्ग)


अर्थ−
वेद, स्मृति, तन्त्र, पुराण, सिद्ध पुरुषको वाक्य आदिबाट उत्पन्न भएको हुन्छ । जसमध्ये निरुक्तअनुसार वैदिक मन्त्रको तीन भेद छन् -परोक्षकृत, प्रत्यक्षकृत र आध्यात्मिक । नारदपञ्चरात्रको सातौ अध्यायमा मन्त्रको तीन भेद यसरी बताएका छन् - पुंमन्त्र (जसको अन्त्यमा ‘हुं फट्’ लाग्छ), स्त्री मन्त्र (जसको अन्त्यमा ‘फट्स्वाहा’ लाग्छ) र नपुंसकमन्त्र (जसको अन्त्यमा ‘हुँ नमः’ लाग्छ) मन्त्रका २८ भेद छन्- जाग्रत्, सुषुप्त, मित्र, शत्रु, सौम्य, क्रूर, अतिक्रूर, छिन्न, रुद्ध, शक्तिहीन, पराङ्मुख, बधिर, नेत्रहीन, कीलित, शक्तिहीन, दग्ध, त्रस्त, मलिन, मदोन्मत्त, मूर्छित, प्रध्वस्त, बालक, कुमार, युवा, प्रौढ, बुद्ध, केकर र कूट । नारदपुराणमा मन्त्रको ४९ दोष बताइएका छन् । पुराणअनुसार मन्त्रको उत्पत्ति दुई किसिमले भएको देखिन्छ- नारायण र ब्रह्माको आपसमा सानो ठुलोको झगडा पर्दा प्रकट भएको ज्योतिर्लिङ्गबाट स्फोट हुँदै बिन्दुर वर्णको सङ्केत रूपमा ऋषिहरूको हृदयमा नादरूप हुँदै ध्वनि तथा वर्णमा परिणत भएको शिवको डमरुबाट उत्पन्न ‘अइउण’ आदि १४ सूत्रबाट मन्त्रको उद्धार भएको छ ।



Correction: