संस्कृत-शब्दकोशः

मेरक मेरुक

मेरु

मेरुः (पुंलिङ्ग)


निष्पत्ति− डुमिञ् (प्रक्षेपणे) - "रुः" (उ० ४-१०१)
व्युत्पत्ति− मिनोति प्रक्षिपति ज्योतींषि
प्रयोग− "प्रोषितार्यमणं मेरोरन्धकारस्तटीमिव"
उल्लेख− माघ० २-३९

अर्थ−
१. छन्दशास्त्रअनुसार कति गुरु, कति लघु अक्षर हुँदा कति कति छन्द हुन्छन् भन्ने बुझाउने प्रक्रियाविशेष,
२. जपमाला बनाउँदा धागोको दुवै टुप्पा जोडेर हालिने (सबैभन्दा माथिको) मणि,
३. हारको बीचको मणि,
४. पीङको डोरी झुन्ड्याइने काठ,
५. पृथ्वीको उत्तर तथा दक्षिण ध्रुवको केन्द्र,
६. शरीरको मेरुदण्ड,
७. वीणाको अङ्गविशेष,
८. देवमन्दिरविशेष,
९. महाभारतअनुसार माल्यवान् र गन्धमादन पर्वतको बीचमा सूर्य वा अग्निझैँ चम्किलो देखिने मेरु वा सुमेरु नामले प्रसिद्ध पर्वत । यसको उचाइ ८४ हजार योजन र (जमिनमुनि पनि) ८४ हजार योजन गहिराइ भएको छ, जुन पर्वत आफ्नो बल्दो र तेजिलो चुचुरोले सूर्य किरणलाई मधुरो पार्ने, सुन र रत्नहरूले सिँगारिएको, देवता गन्धर्वहरूले सेवा गरिएको, पापी जनहरूले अडकल गर्न र छुन पनि नसकिने, डरलाग्दा सर्पहरूले सुरक्षित, दिव्यौषधिले सुन्दर, अल्कोपनले सूर्यलाई ढाक्ने, जो कोहीले मनले चिताउन पनि नसकिने, अनेक नदी र थरी थरीका रूख तथा राम्रा राम्रा चराचुरुङ्गी र तिनको बोलीले सुसज्जित छ । यो पर्वत महाभारतमा फेरि अर्को ठाउँमा एघार हजार योजन अग्लो एघार हजार योजन जमिनमुनि पसेको भन्ने छ । मेरु पर्वतको पश्चिमको भाग - ‘विपुलः’ (पुं.) ।

“परिमण्डलितस्तोयैर्मेरुः कनकपर्वतः ।। आदित्यतरुणाभासो विधूम इव पावकः ।। योजनानां सहस्राणि चतुरशीतिरुच्छ्रितः ।। अधस्ताच्चतुरशीतिर्योजनानां महीपते ।। ज्वलन्तमचलं मेरुं तेजोराशिमनुत्तमम् ।। आक्षिपन्तं प्रभां भानोः स्वशृङ्गैः काञ्चनोज्ज्वलैः ।। कनकाभरणं चित्रं देवगन्धर्वसेवितम् ।। अप्रमेयमनाधृष्यमधर्मबहुलैर्जनैः ।। व्यालैरावारितं घोरैर्दिव्यौषधिविदीपितम् ।। नाकमावृत्य तिष्ठन्तमुच्छ्रयेण महागिरिम् ।। अगम्यं मनसाप्यन्यैर्नदीवृक्षसमाचितम् ।। नानापतङ्गसङ्घैश्च नादितं सुमनोहरैः ।। एकादशसहस्राणि योजनानां समुच्छ्रितम् ।। अधोभूमेः सहस्रेषु तावत्स्वेव प्रतिष्ठितम् ।।” (महभारत, आदिपर्व) ।



Correction: