मोक्षः (पुंलिङ्ग)
अर्थ−
१. सूर्य वा चन्द्र ग्रहणमा, सूर्य वा चन्द्र बिम्बमा परेको कालो छाया छुट्नु,
२. ऋणको दबाबबाट उम्किनु,
३. कुनै कामबाट हट्नु,
४. बन्धन वा थुनाबाट छुट्नु,
५. तल झर्नु,
६. बगाइ / बग्नु,
७. मृत्यु,
८. छुट्कारा,
९. बचाउ,
१०. बहाना,
११. धार्मिक विश्वासअनुसार भगवान्−प्रतिको निष्काम तथा अखण्ड भक्तिद्वारा अज्ञानबाट छुटेर मानिसको जीवात्मा भगवान्मा मिल्न जानु र जन्ममरणको चक्करबाट छुट्कारा पाउनु । ‘मोक्षका भेदहरू-’ तपबाट हुने – ‘सालोक्यमोक्ष’ वैकुण्ठादिलोकमा गएर बस्नु, भक्तिबाट हुने - ‘सामीप्यमोक्ष’ हरवेला भगवान् नजिक बस्नु, ध्यानबाट हुने – ‘सार्ष्टिमोक्ष’ भगवान्-को समान ऐश्वर्य पाउनु, ज्ञानबाट हुने – ‘सायुज्यमोक्ष’ भगवान्मा लीन हुनु, ‘सारूप्यमोक्ष’ - भगवान्-को झैँ रूप हुनु । समाधिद्वारा पाएको मोक्ष -‘नैष्कर्म्य’ ।
हेरौँ- मोक्ष् धातु