संस्कृत-शब्दकोशः

यक्ष यक्षग्रह

यक्षकर्दम

यक्षकर्दमः (पुंलिङ्ग)


व्युत्पत्ति− यक्षप्रियः कर्दमः

अर्थ−
शरीरलाई सुगन्धित र सफा राख्न लगाइने लेप वा बुकुवा विशेष । पुरश्चर्याणवअनुसार कस्तूरी, कङ्कोल, कृष्णागुरु र सेतो अभ्रकको बुकुवालाई यक्षकर्दम भनिन्छ । हेमाद्रिअनुसार कपूर, अगुरु, कस्तूरी, श्रीखण्ड र कङ्कोलको बुकुवालाई यक्षकर्दम भनिन्छ । स्कन्दपुराणअनुसार - दुई भाग कस्तूरी, दुई भाग कुङ्कुम, तीन भाग श्रीखण्ड, एक भाग कपूरको बुकुवालाई यक्षकर्दम भनिन्छ । अमरकोशअनुसार- कपूर, अगुरु, कस्तूरी, कक्कोल यी चार सुगन्धिद्रव्य मिश्रण गर्दा यक्षकर्दमनामक उद्वर्तन हुन्छ ।

“कुरङ्गमदकङ्कोलं कालागुरुसिताभ्रकैः ।। प्रमोदकृद्देवतानां विज्ञेयो यक्षकर्दमः ।।” (पुरश्चर्यार्णव)”

“कर्पूरमगुरुश्चैव कस्तूरी चन्दने तथा ।। कङ्कोलं च भवेदेभिः पञ्चभिर्यक्षकर्दमः ।।” (हेमाद्रि) ।

“कस्तूरिकाया द्वौ भागौ द्वौ भागौ कुङ्कमस्य च ।। चन्दनस्य त्रयो भागा शशिनस्त्वेक एव हि ।। यक्षकर्दम इत्येष समस्तसुखबल्लभः ।।” (स्कन्दपुराण, काशीखण्ड)

“कर्पूरागुरुकस्तुरी वक्कोलैर्यक्षकर्दमः ।।” (अमरकोश) अर्को मतमा विभिन्न पाँच सुगन्धित द्रव्यको मिश्रणबाट निर्मित एक अङ्गराज जो यक्षहरूको लागि अति नै प्रिय मानिन्थ्यो । यसका घटक द्रव्य- केशर, कस्तूरी, कपूर, कङ्कोल र अगरु हुन् ।

“कुङ्कुमागुरुकस्तूरी कर्पूरं चन्दनं तथा ।। महासुगन्धमित्युक्तं नामतो यक्षकर्दमः ।।”



Correction: