वसुः (पुंलिङ्ग)
अर्थ−
१. आठको सङ्ख्या,
२. कुबेर,
३. शिव,
४, अग्नि,
५. तलाउ,
६. लगाम,
७. हलोको डोरी वा त्यस्तो डोरीको गाँठो,
८. बागडोर,
९. किरण,
१० सूर्य,
११. विष्णु,
१२. मौलसिरी,
१३. सज्जन वा साधु व्यक्ति,
१४. नृगराजाका छोरा,
१५. छप्पय छन्दको उनानअसियौं भेद,
१६. अगस्तिको बोट,
१७. रूख/वृक्ष,
१८. धनिष्ठानक्षत्र,
१९. नान्दीमुखश्राद्धमा पूजिने विश्वेदेव,
२०.. (बहुवचनमा) देवताहरूको एक समूह, जसमा आठ देवता रहन्छन् - आप, ध्रुव, सोम, धर या धव, अनिल, अनल, प्रत्यूष र प्रभास । यी आठ वसुलाई कहँदा ‘वसवः’ यो बहुवचनमा प्रयोग हुन्छ ।
“नित्ये नान्दीमुखे श्राद्धे वसुसत्त्वौ च पैतृके” (श्राद्धचन्द्रिका) ।
वसु (नपुंसकलिङ्ग)
अर्थ−
१. धनसम्पत्ति,
२. रत्न,
३. सुन,
४. पानी,
५. वस्तु/चिज ।
वसु (विशेषण)
अर्थ−
सबैमा बस्ने वा वास गर्ने ।
वसुः (स्त्रीलिङ्ग)
अर्थ−
१. किरण,
२. दक्ष प्रजापतिकी एक छोरी,
३. प्रकाश / चमक,
४, बाटुलोपाते ।
हेरौँ- वस् धातु