विमर्षः (पुंलिङ्ग)
अर्थ−
१. महामायाको मायालाई शैवहरूले ‘विमर्ष’ भन्छन्,
२. विचार वा विवेचन,
३. अधैर्य,
४. असन्तोष,
५. आलोचना,
६. परीक्षा / जाँच,
७. परामर्श / सरसल्लाह,
८. नाटकका पाँच सन्धिहरूमध्ये एक, जसमा बीजको ज्यादा विकास हुन्छ तर फल प्राप्तिभन्दा पहिले सराप, विपत्ति आदिका रूपमा विघ्न पर्छन्,
९. नाटकको एक अङ्ग जसअतर्गत अपवादसङ्केत, व्यवसाय, द्रव्य, द्युति, शक्ति, प्रसङ्ग, खेद, प्रतिषेध, विरोध, प्ररोचना, आदान आदिको निरूपण हुन्छ ।
“यत्र मुख्यफलोपाय उद्भिन्नो गर्भतोऽधिकः ॥
शापाद्यैः सान्तरायश्च स विमर्ष इति स्मृतः ॥”
(साहित्यदर्पण) ।