शङ्ख (नपुंसकलिङ्ग/पुंलिङ्ग)
अर्थ−
१. सङ्ख्याविशेष,
२. कन्चटको हाड,
२. हात्तीको गण्डस्थल,
४, गोडाको चिह्न,
५. वरुणको सभाको एक दैत्य,
६. नखी नामको वस्तु,
७. कुबेरको एक निधि,
८. विश्वेदेवाका अंशको विराट राजाको जेठो छोरो,
९. छप्पयछन्दका ७१ भेदहरूमध्ये एक, जसमा १५२ मात्राहरू वा १४९ वर्ण हुन्छन् यीमध्ये ३ वटा गुरु, बाँकी १४६ लघु हुन्छन्,
१०. दण्डकवृत्तका अन्तर्गत प्रचित्तको एक भेद,
११. वायु चल्दाको आवाज,
१२. धृतराष्ट्रका वंशको एक नाग,
१३. नगाडा,
१४. विष्णुद्वारा मारिएको एक दैत्य,
१५. एक स्मृतिकार ऋषि,
१६. कपाल/टाउको,
१७. चन्द्रमा क्षीण भएको अमावास्या,
१८. भगवान् नारायणको आयुध/हतियार,
१९. एक प्रसिद्ध समुद्री किरा वा त्यसको हाड । यो हिन्दूहरूले देवपूजा वा कुनै उत्सवमा मुखले फुकेर बजाउँछन् । यसका अनेक जाति वा भेद छन् । साधारणतया चुच्चो मुख हुनेलाई भाले र थेप्चो मुख हुनेलाई पोथी शङ्ख भन्दछन् । उत्तानो पारी आफूतिर मुख फर्काउँदा दाहिनेतिर चर परेकोलाई दाहिने शङ्ख भनिन्छ । कृष्ण वा विष्णुको शङ्ख - ‘पाञ्चजन्यः’ (पुं.), अर्जुनको शङ्ख - ‘देवदत्तः’ (पुं.), भीमसेनको शङ्ख - ‘पौण्ड्रः’ (पुं.), नकुलको शङ्ख -‘सुघोषः’ (पुं.), सहदेवको शङ्ख - ‘मणिपुष्पकः’ (पुं.), युधिष्ठिरको शङ्ख - ‘अनन्तविजयः’ (पुं.), सात्यकिको शङ्ख-‘नन्दिवर्धनः’ (पुं.), शङ्खको गहना बनाउने वा बजाउने - ‘शाङ्खिकः’ (पुं.), शङ्खको चुरा - ‘शङ्खकम्’ (न.)/‘शङ्खकः’ (पुं.), शङ्ख दाहिने - ‘दार्दुरम्’ (न.)/‘दार्दुरः (पुं.), शङ्ख सानो - ‘शङ्खनकः’ (पुं.), शङ्ख बजाउने - ‘शाङ्खिकः’ (पुं.), शङ्खसम्बन्धी - ‘शाङ्ख/शाङ्खिक’ (वि.), शङ्खको आवाज - ‘शाङ्खः’ (पुं.), शङ्खबाट बनेको वा शङ्खसम्बन्धी - ‘शाङ्ख्य’ (वि.), शङ्ख बेच्ने जाति - ‘शङ्खारिः’ (पुं.) ।