संस्कृत-शब्दकोशः

शाख शाखाकण्ट

शाखा

शाखा (स्त्रीलिङ्ग)


निष्पत्ति− शाखृ (व्याप्तौ) - "अच्" (३-१-१३४)
व्युत्पत्ति− शाखति
प्रयोग− "मुदितमधुभुजो भुजेन शाखाश्चलितविशृङ्खलशङ्खकं धुवत्याः"
उल्लेख− माघ० ७-३०

अर्थ−
१. रूखको हाँगा,
२. कुनै कार्यालयको विभाग वा अङ्ग,
३. कुनै संस्थाको मूल कार्यालयको अधीनको सानो कार्यालय,
४. बाँह वा पाखुरा,
५. कुनै विद्या वा ग्रन्थको खण्ड,
६. कुनै नदी वा नहरको सानो धारा,
७. वेदको संहिताको पाठ तथा क्रमभेद, जुन कैयौं ऋषिहरूद्वारा आ-आफ्नो गोत्र वा शिष्य परम्परामा चलाइएको छ । जसमध्ये ऋग्वेदका दुई शाखा छन् - साङ्ख्यायन र आश्वलायन । यिनमा एकहजार मन्त्र छन् । यजुर्वेदका सात शाखा छन् - काण्वी, माध्यन्दिनी, कठी, माध्यकठी, मैत्रायणी, तौत्तिरीया र वैशम्पायनीया । सामवेदका दुई शाखा छन् - कौथुमी र आथर्वणायनी । (राणायनीया) । यिनमा वेद, आरण्यक, उक्था र ऊह यी चार गान छन् । यिनीहरूमा ९४२ मन्त्र छन् । अथर्ववेदका सुमन्तु, जाजलि, श्लोकायनि, शौनक, पिप्पलाद, मुञ्जकेश आदि शाखा प्रवर्तक ऋषिहरू छन् जसमा १६००० मत्र छन् । (अग्निपुराण) ।



Correction: