संस्कृत-शब्दकोशः

श्रुतायुध श्रुतिकट

श्रुति

श्रुतिः (स्त्रीलिङ्ग)


निष्पत्ति− श्रु (श्रवणे) - कर्म० "क्तिन्" (३-३-९४) । श्रु (श्रवणे) - कर० "क्तिन्" (३-३-९४) वा ।
व्युत्पत्ति− श्रूयते । श्रूयते धर्मो अनया ।
प्रयोग− "श्रुतिशतमहिते पदे परस्मिन् सितजलधौ रविमण्डले व सिद्धाम्"
उल्लेख− याद० २४-४

अर्थ−
१. सुनाई/ सुन्ने क्रिया,
२. कान,
३. अफवाह,
४. आवाज,
५, भेद,
६. वेद संहिता,
७. श्रवण नक्षत्र,
८. सङ्गीतमा कुनै सप्तकको बाईस भेदमध्ये एक वा स्वरको उठान र अन्त हुने कुनै पनि स्वरको एक अंश,
९. सुनिएको कुरा,
१०. चारको सङ्ख्या,
११. नाम,
१२. विद्या,
१३. विद्वत्ता,
१४. अत्रिऋषिकी एक छोरी,
१५. त्रिभुजको समकोण अगाडिको भुजा,
१६. वेद र तन्त्रशास्त्र । ‘श्रुतिर्द्विविधा वैदिकी तान्त्रिकीति च’ (मन्वर्थमुक्तावली) ‘श्रुतिस्तु वेद आम्नायः’ (अमरकोश) ।



Correction: